नेप्सेमा बाराही हाइड्रोपावरको आईपीओ सूचीकृत, ओपनिङ रेन्ज कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा बाराही हाइड्रोपावर पब्लिक लिमिटेडको आईपीओ सूचीकृत भएको छ । कम्पनीको अंकित मूल्य १०० रुपैयाँ दरका कुल २५ लाख कित्ता आईपीओ सूचीकृत भएको हो ।

जसमा संस्थापक समूहको १८ लाख कित्ता, सर्वसाधारणको ५ लाख ५४ हजार कित्ता र आयोजना प्रभावित स्थानीयको १ लाख ४६ हजार कित्ता रहेका छन्।

नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रतिकित्ता न्यूनतम ६४.९७ रुपैयाँदेखि अधिकतममा १९४.९१ रुपैयाँ ओपनिङ रेन्ज तोकेको छ।

नेप्सेले तोकेको रेन्जभित्र स्पेसल प्रि-ओपन सेसनमा यो कम्पनीको सेयर किनबेच भएमा नियमित समयका लागि कारोबारमा आउनेछ।

नेप्सेले यो कम्पनीलाई ‘बीएचपीएल’ कारोबार संकेत प्रदान गरेको छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स