काठमाडौं । सोमबार, नेप्से परिसूचक १७.५६ अंकले बढेर २०६३.८३ अंक विन्दुमा आइपुगेको छ ।
आज ८२ लाख ७१ हजारको कित्ता सेयर २ अर्ब ९६ करोड ९ लाखमा खरिद बिक्री भएको छ ।
त्यस्तै, १६५ वटा कम्पनीको सेयर मूल्य बढ्दा ३९ वटा कम्पनीको घटेको छ भने ७ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।
आज धौलागिरी लघुवित्तमा १०%, सृजनशील लघुवित्तमा १०%, खप्तड लघुवित्तमा ९.९९%, अजोड इन्स्योरेन्समा ९.९८% र प्रभु इन्स्योरेन्समा ९ प्रतिशतको सर्किट लागेकोे छ ।