काठमाडौं । सेयर बजारमा हरियाली छाएको छ ।
सोमबार, नेप्से परिसूचक १७.५६ अंकले बढेर २०६३.८३ अंक विन्दुमा आइपुगेको छ ।
आज ८२ लाख ७१ हजारको कित्ता सेयर २ अर्ब ९६ करोड ९ लाखमा खरिद बिक्री भएको छ ।
त्यस्तै, १६५ वटा कम्पनीको सेयर मूल्य बढ्दा ३९ वटा कम्पनीको घटेको छ भने ७ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।
त्यसैगरि, नबिल बैंकको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज १६ करोड ८४ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।
त्यस्तै, हिमालयन डेष्टिलरीको १६ करोड ६४ लाख, एनआइसी एसियाको ११ करोड १४ लाख, नेपाल टेलिकमको ८ करोड ३५ लाख र युनिर्भसल पावर कम्पनीको ७ करोड ९२ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।