काठमाडौं । साताको पहिलो दिन सेयर बजारमा हरियाली छाएको छ ।
आइतबार, नेप्से परिसूचक १७.२६ अंकले बढेर २०४६.२९ अंक विन्दुमा आइपुगेको छ ।
आज १ करोड ८ लाखको कित्ता सेयर ४ अर्ब ४ करोड ८८ लाखमा खरिद बिक्री भएको छ ।
त्यस्तै, १२१ वटा कम्पनीको सेयर मूल्य बढ्दा ८७ वटा कम्पनीको घटेको छ भने ४ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।
त्यसैगरि, नबिल बैंकको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज २२ करोड ५७ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।
त्यस्तै, नेपाल टेलिकमको १९ करोड ८८ लाख, हिमालयन डेष्टिलरीको १५ करोड ८८ लाख, एनआइसी एसियाको १० करोड ३ लाख र नेपाल लाइफ इन्स्योरेन्सको ९ करोड २९ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।