यी दुई कम्पनीमा लगानी गर्दा १० दिनमै ३० र ४० प्रतिशत सम्पत्ति थपिन्छ

काठमाडौं । नेपाल टेलिकम र नबिल बैंकको सेयरमा भोलिसम्म लगानी गरेमा १० दिनमै ३० र ४० प्रतिशत लाभांश थपिने भएको छ । यी दुई कम्पनीले आम सेयरधनीलाई लाभांश दिन पुस २८ र२९ गते वार्षिक साधारणसभा बोलाएका छन् । साधारणसभाले नेपाल टेलकमको ४० प्रतिशत र नबिल बैंकको ३० प्रतिशत लाभांश पारित गर्दैछ ।

नेपाल टेलिकम र नबिल बैंकको बुक क्लोज भोलि आइतबार र सोमबार हुँदैछ । यी दुबै कम्पनीको लाभांश सुरक्षित गर्ने भोलि आइतबार अन्तिम दिन हो । यदि भोलि आइतबार नेपाल टेलिकम र नबिल बैंकको सेयरमा लगानी गरियो भने यहि पुस २८ र २९ गते ४० र ३० प्रतिशत लाभांश पाक्ने छ ।

नेपाल टेलिकम र नबिल बैंकको लाभांश सुरक्षित गर्ने भोलि आइतबार पुस १७ र १८ गते अन्तिम दिन हो । नेपाल टेलकमले पुस २८ गते र नबिल बैंकले पुस २९ गते वार्षिक साधारणसभा बोलाएको छ । टेलिकमले पुस २८ गते वार्षिक साधारण सभा बोलाएले कम्पनीले पुस १८ गतेदेखि बुक क्लोज गर्दैछ । पुस २९ गते वार्षिक साधारण सभा बोलाएको नबिल बैंकले पुस १८ गते बुक क्लोज गर्दैछ ।

नेपाल टेलिकमले आफ्ना सेयरधनीलाई ४० प्रतिशत नगद लाभांश दिँदैछ भने नबिल बैंकले ३० प्रतिशत लाभांश दिन लागेको हो । तसर्थ, आइतबारसम्म कायम रहेका सेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन र प्रस्तावित नगद लाभांश पाउन सक्नेछन् ।  नेपाल टेलिकमको सभा राष्ट्रिय सभा गृह प्रदर्शनीमार्ग काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।

आइतबारसम्म कायम रहेका सेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् । बैंकले गत वर्षको नाफाबाट १८.५०% बोनस सेयर र कर सहित ११.५०% नगद गरी कुल ३०% लाभांश वितरण गर्दैछ । बैंकको सभा सिल्भर ओक ब्यांक्वेट तथा इभेन्ट सेन्टर, गैह्रीधारा, काठमाडौंमा बिहान १० बजेदेखि सुरु हुनेछ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स