अर्थमन्त्री र गभर्रनरको राजीनामा माग गर्दै लगानीकर्ता आमरण अनशनमा

काठमाडौं । अर्थमन्त्री जनार्जदन शर्मा र नेपाल राष्ट्र बैंकका गभर्रनर महाप्रसाद अधिकारीको राजीनामा माग गर्दै लगानीकर्ताले आमरण अनशन शुरु गरेका छन् । अर्थमन्त्री र गभर्रनरको राजीनामा सहित १८ वटा माग सहित लगानीकर्ताले आमरण अनशन शुरु गरेका हुन् ।

लगानीकर्ताहरु केही दिन अघिदेखि नै गभर्नर अधिकारीको राजिनामा माग गर्दै विभिन्न आन्दोलन तथा धर्ना गर्दै आएका थिए। उनीहरुले केही दिन अघि देखि रिले अनशन समेत शुरु गरेका थिए ।

तर कुनै पनि निकायबाट उनीहरुको माग सम्बोधन नभएपछि बिहीबारबाट नेपाल स्टक एक्सचेञ्ज अगाडि लगानीकर्ता आदित्य शिवाकोटीले आमरण अनशन शुरु गरेका छन् । उनीहरुले आफ्नो माग पुरा नभएसम्म आफ्नो अनशन जारी राख्ने जनाएका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स