सेयर बजार सुधारको लागि ४ बुँदे माग राखेका लागनीकर्तालाई अर्थमन्त्री पौडेलले दिए ग्रीन सिंगल

काठमाडौं । डेढ वर्षदेखि घटेको बजारलाई सुधार गर्न अर्थमन्त्री विष्णु पौडेले ग्रीन सिंगल दिएका छन् । अर्थमन्त्री शर्मालाई बभाई तथा शुभकामना दिन पुगेका सेयर लगानीकर्ताको समूहलाई अर्थमन्त्री पौडेलले लगानीकर्ताको माग पुरा गर्न सम्बन्धित निकायसँग छलफल गर्र्न बताएका हुन् ।

अर्थमन्त्री पौडेललाई लगानीकर्ताहरूले सेयर बजार सुधार र दिगो विकासको लागि ४ बुँदे माग सहितको सुझाव दिएका थिए । राष्ट्र बैंकले तोकेको सेयर धितोकर्जाको १२ करोड रुपैयाँको सीमा हटाउनदेखि मार्जिन कर्जाको जोखिम भारित औषत १५० बाट झारेर १०० प्रतिशत कायम गर्न, ब्रोकर कमिशन घटाउन र हाल अदालतमा मुद्दा चलिरहेको बैंकलाई ब्रोकर लाइसेन्सको विषय यथाशिघ्र टुंगो लगाएर बैंकलाई लाइसेन्स दिने प्रक्रिया अघि बढाउन अर्थमन्त्रीसँग माग राखेका हुन् ।

लगानीकर्ताहरुको सुझाव सहितको माग सुनेपछि अर्थमनत्री पौडेलले सेयर बजारप्रति पहिलो कार्यकालदेखि नै सकारात्मक रहँदै आएको उल्लेख बताए । उनले लगानीकर्ताहरुको माग पुरा गर्नको लागि राष्ट्र बैंक र धितोपत्र बोर्डसँग छलफल गरी नीति निर्देशनहरू परिमार्जन गर्न लगानीकर्ताहरूसँग समन्वय गर्ने प्रतिवद्धता गरेका थिए ।

‘आर्थिक समृद्धिका लागि सेयर बजार अपरिहार्य छ, तपाईहरुको सुझाव टिपोर्ट गरेको छ, राष्ट्र बैंक र धितोपत्र बोर्डसँग छलफल गरी तपाईहरुसँग थप छलफल गर्छु,’ उनले भने ।

विष्णु पौडेल पहिलो पटक अर्थमन्त्री हुँदा सेयर बजार १८ सयको बिन्दुबाट ३२ सयसम्म पुगेको स्मरण गर्दै मन्त्री पौडेलले भविष्यमा पनि आर्थिक नीति र मौद्रिक नीति सेयर बजार मैत्री निर्माण गरिने आश्वसन लगानीकर्ताहरूलाई दिए ।

सो माग राख्दै सेयर बजारका लागनीकर्ताहरुको संगठन नेपाल इन्भेष्टमेन्ट फोरममा वर्तमान अध्यक्ष तुलसीराम ढकाल र पूर्व अध्यक्ष छोटलाल रौनियार, सेयर बजार लगानीकर्ता संघका कार्यवाहक अध्यक्ष ताराप्रसाद फुल्लेल लगायतका लगानीकर्ताहरूको उपस्थिति रहेको थियो ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स