साढे २ अर्बमाथिको कारोबार हुँदा यस्ता छन् सर्वाधिक सेयर खरिदबिक्री हुने टप १० कम्पनी

काठमाडौं । साताको अन्तिम दिन सेयर बजारमा हरियाली छाएको छ ।

बिहीबार, नेप्से परिसूचक ५६.८८ अंकले बढेर २०२९.०३ अंक विन्दुमा आइपुगेको छ ।

आज ८० लाख २४ हजारको कित्ता सेयर २ अर्ब ८६ करोड ३ लाखमा खरिद बिक्री भएको छ ।

२०८ वटा कम्पनीको सेयर मूल्य बढ्दा ६ वटा कम्पनीको घटेको छ ।

त्यसैगरि, हिमालयन डेष्टिलरीको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज १२ करोड १४ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।

त्यस्तै, नेपाल टेलिकमको १० करोड ९२ लाख, रिडी पावरको १० करोड १४ लाख, एनआइसी एसियाको ९ करोड ६६ लाख र नबिल बैंकको ९ करोड २८ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स