नेप्से ११ अंकले घट्दा नबिल बैंकसहित यी १० कम्पनीको भयो सर्वाधिक सेयर खरिदबिक्री

काठमाडौं । साताको चौथो दिन सेयर बजारमा गिरावट आएकोृ छ ।

बुधबार, नेप्से परिसूचक ११.८१ अंकले घटेर १९७२.१५ अंक विन्दुमा आइपुगेको छ ।

आज ६५ लाख ३० हजारको कित्ता सेयर २ अर्ब १५ करोड ३५ लाखमा खरिद बिक्री भएको छ ।

६० वटा कम्पनीको सेयर मूल्य बढ्दा १५९ वटा कम्पनीको घटेको छ भने ५ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ।

त्यसैगरि, नबिल बैंकको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ८ करोड ८५ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।

त्यस्तै, रिडी पावरको ८ करोड ४ लाख, उपर तामाकोसीको ७ करोड ८४ लाख, हिमालयन डेष्टिलरीको ७ करोड २४ लाख र प्राइम कर्मिसयलको ५ करोड ९६ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स