काठमाडौं । मान्डु हाइड्रोपावर लिमिटेडले नेपाल धितोपत्र बोर्ड (सेबोन) मा आईपीओ निष्कासनको अनुमति माग गर्दे आवेदन दिएको छ । कम्पनीले पुस ११ गते अंकित मूल्यमा प्रिमियर रकम थप गरी आईपीओ निष्कासनको माग गर्दै बोर्डमा आवेदन दिएको हो ।
बोर्डले अनुमति प्रदान गरेमा कम्पनीले आयोजना प्रभावित स्थानिय र सर्बसाधारणलाई १०० रुपैयाँ अंकित दरका सेयरमा १४८ रुपैयाँ प्रिमियम जोडेर प्रति कित्ता २४८ रुपैयाँमा सेयर निष्काशन गर्ने छ । कम्पनीले ४० करोड ५८ हजार १९ हजार ७ सय ६० रुपैयाँ बराबरको १६ लाख ३६ हजार ३ सय ७० कित्ता सेयर निष्काशन गर्न लागेको हो ।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ।
माण्डु हाइड्रोपावर लिमिटेडले मकवानपुर जिल्लाको कोगटे स्थित इपामा २२ मेगावाट क्षमताको बागमती नदी जलविद्युत आयोजनाको निर्माण गरी सञ्चालन गरिरहेको छ । सो आयोजनाले २०७५ चैत्र १८ गतेबाटै विद्युत उत्पादन शुरु गरिसकेको छ ।