विहीबार अधिकतम सेयर मूल्य बढेका पाँच कम्पनी

काठमाडौं । आज भाद्र महिनाको अन्तिम विहीबार पनि सेयर बजारमा लगातारको गिरावट देखिएको छ ।

आज नेप्से परिसूचक ७६.६५ अंकले घटेर २८१२.३९ अंक विन्दुमा आइपुगेको छ । कुल २२९ वटा कम्पनीको सेयर कारोवार हुदाँ ७ कम्पनीको सेयर मूल्य बढ्यो भने २१५ कम्पनीको सेयर मूल्य घटेको छ । कुल जम्मा १ लाख १३ हजार ८०७ पटक खरिद बिक्री हुदाँ १ करोड ६४ लाख ६८ हजार ५०८ कित्ता सेयरको कारोबार भई ९ अर्ब ३ करोड ३९ लाख ६२३ रुपैयाको कारोबार भएको छ ।

मनकामना स्मार्ट लघुवित्त वित्तिय संस्थाको सेयर मूल्य हिजो ८.२३ प्रतिशत बृद्धि भएकोमा आज पनि १० प्रतिशतले बृद्धि भएको छ । बुधबार कम्पनीको सेयर प्रति कित्ता ८१८.१० रुपैयाँमा कारोवार भएको थियो भने आज विहीबार ८९९.९० मा भएको छ । कम्पनीको सेयर मूल्य ८१.८० रुपैयाँले बढेको छ ।

१२% आईसीएफसी फाइनान्स लिमिटेड डिवेन्चर २०८३ को सेयर मूल्य हिजो बुधबार प्रति कित्ता ११२६.१० रुपैयाँमा कारोवार भएकोमा आज ११४० भएको छ । कम्पनीको सेयर मूल्य १३.९० रुपैयाँले बढेको छ ।

१०% सानिमा बैंक लिमिटेड डिवेन्चरको सेयर मूल्य हिजो प्रति कित्ता १०२५.१० रुपैयाँमा कारोवार भएको थियो भने आज १०३३ भएको छ ।

८.५% सानिमा डिवेन्चर २०७८ को सेयर मूल्य प्रति कित्ता ९७१ रुपैयाँबाट बढेर ९७५ रुपैयाँ कारोवार भएको छ ।
हिजो सानिमा लार्ज फण्डको प्रति कित्ता सेयर १०.१२ रुपैयाँमा कारोवार भएकोमा आज विहीबार १०.१६ रुपैयाँमा भएकोे छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स