‘कम्युनिष्ट ‘ह्याङ ओभर’ बाट सरकार बाहिर निष्कनु पर्छ, पुँजी बजार बढ्छ’

पुँजी बजार संघर्ष समितिका संयोजक तिलक कोइरालाले अब सरकारले कम्युनिष्ट ‘ह्याङ ओभर’ बाट बाहिर निष्कनु पर्ने बताएका छन् । उनले अब सरकारले अर्थतन्त्र सुधारमा लाग्नु पर्ने बताए।

अर्थतन्त्र सुधारलाई आफ्नो मूल एजेण्डा बनाएका राजनीतिक दल पनि सरकारमा समावेश भएकोले अब प्रचण्डले पनि सोही नीतिअनुसार अघि बढ्नु पर्ने उनको भनाइ छ । अर्थतन्त्रमा सुधार भएपछि पुँजी बजारमा पनि आपसे आप सुधार आउने उनले बताए । ‘नयाँ अर्थमन्त्रीले पदभार सम्हालिसक्नु भएको छ,’ उनले भने ‘उहाँ लगानीमैत्री भएकाले हिजो नै सेयर बजारले आफ्नो रंग देखाउन थालिसक्यो ।’

विष्णु पौडेल पहिलो पटक अर्थमन्त्री बन्दा सेयर बजारले करिब ७ सय विन्दुले बढेर १८८१ को टप लगाएको थियो भने डा. युवराज खतिवडा अर्थमन्त्री बनेर उनको कार्यकाल सकिएपछि पुनः अर्थमन्त्री बनेका विष्णु पौडेलको कार्यकालमा बजारले ३२ सय विन्दुलाई चुमेको थियो ।

त्यसयता लगातार तल ओर्लन थालेको बजार १४ सय विन्दुले घटिसकेको छ । यसैबीच तेस्रो पटक अर्थमन्त्री बन्न लागेका पौडेलको तेस्रो इन्ट्रीसँगै बजार माथि उक्लन सुरु गरेकोले अब बजार बढ्नुको विकल्प नभएको उनले बताए ।

‘अब बजार बढ्ने नै हो, बिग्रने ठाउँ नभएको छैन,’ उनले भने ‘अर्थतन्त्र सुधारमा सरकार लाग्नु पर्ने भएकोले पनि बजार बढ्नु नै पर्ने उनले बताएका हुन् । ‘यदि अहिले पनि बजार बढेन भने अर्थतन्त्र नै दुर्घटनामा जान्छ,’ उनले भने ‘अब सरकारले कम्युनिष्ट ‘ह्याङ ओभर’ बाट बाहिर निष्केर अर्थतन्त्र सुधारको पक्षमा लाग्नुपर्छ ।’ अर्थतन्त्र सुधारलाई आफ्नो मूल एजेण्डा बनाएका राजनीतिक दल पनि सरकारमा समावेश भएकोले अब प्रचण्डले पनि सोही नीतिअनुसार अघि बढ्नु पर्ने उनको भनाइ छ ।

हिजो अर्थमन्त्री जनार्दन शर्माले पनि पदवहालीको क्रममा संकटको डिलमा पुगेको अर्थतन्त्रमा देखिएका कमी कमजोरीलाई सच्याएर अर्थात सुधार गरेर सही बाटोमा ल्याउने बताएका छन् । ‘कसरी अर्थतन्त्रलाई सुधार गर्न सकिन्छ म त्यहि बाटोमा कार्यसम्पादन अघि बढाउने छु’, उनले भने ‘देखिएका कमजोरीलाई सुधार्ने छु ।

अब राम्रो हुनु पर्छ । बिग्रने तिर जानु हुँदैन । सबैले राम्रो बनाउने तिर लाग्नुपर्छ । अर्थतन्त्रमा सुधार आएको छ । विदेशी मुदा्रको संचिति बढेको छ । संघ र प्रदेशको सरकार बन्ने क्रममा छ भने स्थानीय सरकारले काम थालनी गरिसकेको अवस्था छ ।

संयोजक कोइरालाले थपे ‘माघबाट ब्याज पनि घट्छ । महँगो कर्जा उद्यमी व्यवसायीले स्वीकार नगरेपछि बैंकहरू आफै कर्जाको ब्याजदर घटाउने बाध्य भएका छन् । अहिले सेयर बजार पनि सस्तो मूल्यमा आएको छ । यस्तो बेलामा पनि सेयर किनिएन भने बजार कहिले पनि फस्टाउन सक्दैन ।

त्यसैले पनि सरकार त्यो विरासत जोगाउन भएपनि अर्थतन्त्र सुधारको पक्षमा लाग्नु पर्ने लगानीकर्ताहरूको भनाइ छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स