काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बनेसँगै सेयरबजारमा उछाल आएको छ। आइतबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले प्रचण्डलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् ।
उनलाई नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी र राष्ट्रिय उन्मुक्ति पार्टीको समर्थन सहित प्रधानमन्त्रीमा दाबी पेश गरेका थिए । प्रचण्डले १७० सांसदको समर्थनसहित प्रधानमन्त्रीमा दावी पेश गरेका हुन् ।
उनले प्रधानमन्त्रीका रुपमा आज दिउँसो ४ बजे शपथ ग्रहण गर्ने भएका छन् ।
साताको दोस्रो दिन सेयर बजारमा हरियाली छाएको छ ।
सोमबार, नेप्से परिसूचक ५६.८६ अंकले बढेर १९२४.०७ अंक विन्दुमा आइपुगेको छ ।
आज ५६ लाख ५३ हजारको कित्ता सेयर २ अर्ब ९ करोड ७० लाखमा खरिद बिक्री भएको छ ।
२०३ वटा कम्पनीको सेयर मूल्य बढ्दा ४ वटा कम्पनीको घटेको छ भने १ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ।
त्यसैगरि, नेपाल टेलिकमको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज २० करोड ८८ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।
त्यस्तै, हिमालयन डेष्टिलरीको ११ करोड ११ लाख, नबिल बैंकको ९ करोड ११ लाख, रिडी पावरको ७ करोड २६ लाख र एनआइसी एसियाको ६ करोड ८७ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।