सेयर बजारमा विगतको विरासत जोगाउलान् त विष्णु पौडेलले !

काठमाडौं । आज नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल अर्थमन्त्री बन्दै छन् । उनको आगमनले  ओलिएको बजार फेरि माथि अपेक्षा राखेका छन् ।

विष्णु पौडेल पहिलो पटक अर्थमन्त्री बन्दा सेयर बजारले करिब ७ सय विन्दुले बढेर १८८१ को टप लगाएको थियो भने डा. युवराज खतिवडा अर्थमन्त्री बनेर उनको कार्यकाल सकिएपछि अर्थमन्त्री बनेका विष्णु पौडेलको अर्थमन्त्रीको कार्यकालमा बजारले ३२ सय विन्दुलाई चुमेको थियो ।

त्यसयता तल ओर्लन थालेको बजार १४ सय विन्दुले घटिसकेको छ । यसैबीच तेस्रो पटक अर्थमन्त्री बन्न लागेका पौडेलको तेस्रो इन्ट्रीसँगै बजार माथि उक्लनेमा लगानीकर्ताहरू विश्वस्त भएका छन् ।

विगतमा सेयर बजारका लगानीकर्ताले करिब १७ खर्ब रुपैयाँ गुमाइसकेका छन् । २०७८ भदौमा ४४ खर्ब ६८ अर्ब ५० करोड ५४ लाख रुपैयाँ पुगेका बजार पुँजीकरण अहिले आउँदा २७ खर्ब बजार पुँजीकरण भएको छ । यो बीचमा बजारमा नयाँ लिष्टिङ भएका कम्पनीहरूका सेयर तथा पुरानाको बोनसर्ला लाई जोड्न बजार अझ माथि जानु पर्ने हो । तर, ओर्लिएर कतिपय लागनीकर्ताहरू सु–साइट गर्ने अवस्था पुगे भने केहिले गरेको समाचारहरू बाहिरिए ।

२ भदौ २०७८ मा ३१९९.०३ बिन्दुमा रहेको सेयर बजार परिसूचक नेप्से परिसूचक १८ सय विन्दुसम्म पुगेर अहिले १८८७.८३ विन्दुमा छ । २ भदौ २०७८ मा नेप्से ३१९९.०३ अंकमा पुग्दा कुल बजार पूँजीकरण ४४ खर्ब ६८ अर्ब ५० करोड ५४ लाख रुपैयाँ पुगेको थियो ।

गत आर्थिक वर्ष २०७८/७९ मा कुल ५५ अर्ब ८९ करोड चुक्ता मूल्य बराबरको बोनस सेयर, ११ अर्ब ९७ करोड चुक्ता मूल्य बराबरको हकप्रद सेयर र २३ अर्ब २८ करोड रुपैयाँ चुक्ता मूल्य बराबरको साधारण सेयर सूचीकृत भएको छ ।

विगतको इतिहासलाई हेर्ने हो भने बजारले अब लय लिने समय आएको र बजारमैत्री अर्थमन्त्री नियुक्त हुने भएकाले पनि बजार बढ्ने लगानीकर्ताको भनाइ छ ।

अर्थमन्त्री विष्णु पौडेल बने भने बजारले नयाँ उचाइ लिने नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियारले बताए । ‘बजार अब नबढी सुखै छैन,’ उनले भने ‘लामो समय बजार ओर्लिएको र नयाँ सरकार बन्ने प्रक्रिया अघि बढेकोले लगानीकर्ताले कुरेर बसेका थिए, अब प्रचण्डको सरकार बन्ने पनि विष्णु पौडेल अर्थमन्त्री हुने भएपछि बजार बढ्छ, यसको विकल्पै नै छैन। उनी अर्थमन्त्री बन्दा नै बजारले नयाँ उचाइ छोएको हो ।’

‘अब बजार बढ्ने नै हो, बिग्रने ठाउँ नभएको पुँजी बजार संघर्ष समितिका संयोजक तिलक कोइरालाले बताए । अर्थतन्त्र सुधारमा सरकार लाग्नु पर्ने भएकोले पनि बजार बढ्नु नै पर्ने उनले बताएका हुन् । ‘यदि अहिले पनि बजार बढेन भने अर्थतन्त्र नै दुर्घटनामा जान्छ,’ उनले भने ‘अब सरकारले कम्युनिष्ट ‘ह्याङ ओभर’ बाट बाहिर निष्केर अर्थतन्त्र सुधारको पक्षमा लाग्नुपर्छ ।’

आइतबार १९६० अंकमा रहेको बजार सोमबार एकाएक ६ प्रतिशत बढ्यो । नियमित कारोबार सुरु भएको ३ मिनेटमै ४ प्रतिशत बढेर पहिलो सर्किट ब्रेक लाग्यो । कारोबार स्थगित भएर २० मिनेटमा बजार खुलेको केही सेकेन्डमै ५ प्रतिशत बढ्यो र दोस्रो सर्किट ब्रेक लाग्यो ।

त्यसपछि ४० मिनेट कारोबार स्थगित भयो । मध्याह्न १२ः०४ बजे खुलेको बजार अर्को केही सेकेन्डमै ६ प्रतिशत बढ्यो र तेस्रो सर्किट ब्रेक लाग्दै कारोबार दिनभरि स्थगित भयो । उदारवादी आर्थिक नीति लिएको कांग्रेसका अर्थमन्त्री भएको बेला नबढेको बजार कम्युनिस्ट पार्टी एमाले सरकारमा जाने भएपछि अचानक साँढेजस्तै उफ्रियो ।

अर्थतन्त्र सुधारलाई आफ्नो मूल एजेण्डा बनाएका राजनीतिक दल पनि सरकारमा समावेश भएकोले अब प्रचण्डले पनि सोही नीतिअनुसार अघि बढ्नु पर्ने उनको भनाइ छ । अब राम्रो हुनु पर्छ । बिग्रने तिर जानु हुँदैन । सबैले राम्रो बनाउने तिर लाग्नुपर्छ । अर्थतन्त्रमा सुधार आएको छ । विदेशी मुद्राको संचिति बढेको छ । संघ र प्रदेशको सरकार बन्ने क्रममा छ भने स्थानीय सरकारले काम थालनी गरिसकेको अवस्था छ ।

संयोजक कोइरालाले थपे ‘ ब्याज घट्दै आएको छ । । महँगो कर्जा उद्यमी व्यवसायीले स्वीकार नगरेपछि बैंकहरू आफै कर्जाको ब्याजदर घटाउने बाध्य भएका छन् । अहिले सेयर बजार पनि सस्तो मूल्यमा आएको छ । यस्तो बेलामा पनि सेयर किनिएन भने बजार कहिले पनि फस्टाउन सक्दैन ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स