घलेम्दी हाइड्रोले हकप्रद निष्कासन गर्ने

काठमाडौं । घलेम्दी हाइड्रो लिमिटेडले चुक्तापुँजीको २०० प्रतिशत हकप्रद निष्कासन गर्ने प्रस्ताव गरेको छ। कम्पनीको पुस ८ गते बसेको संचालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको १ः२ को अनुपातमा २०० प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेको हो ।

विद्युत नियमन आयोगबाट अनुमति प्राप्त भएपश्चात आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरेपछि र नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएपछि कम्पनीले हकप्रद निष्काशन गर्ने छ ।

कम्पनीले सांग्रिला उर्जा प्रा.लि. द्धारा प्रवद्धित संखुवासभामा रहेको ६३ मेगावाटको पीआरओआर छुजुङ खोला जलविद्युत आयोजनामा घलेम्दीको कम्तिमा ५१ प्रतिशत सेयर कायम हुने गरि लगानी गर्न १ः२ हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव गरेको हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स