बुटवल पावरको लाभांश घोषणा, बुक क्लोज कहिले ?

काठमाडौं । बुटवल पावरले लाभांश घोषणा गरेको छ । बिहीबार बसेको कम्पनीको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले हाल कायाम चुक्ता पुँजीको ५ प्रतिशत बोनस र ७.५ प्रतिशत नगद गरि कुल १२.५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

उक्त लाभांश कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ ।

कम्पनीले आगामी पुस ३० गते कार्की ब्यान्क्वेटमा साधारणसभा आह्वान गर्ने निर्णय गरेको छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस १८ गतेदेखि पुस ३० गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । तसर्थ पुस १७ गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स