नेप्से सामान्य अंकले घट्दा दुई लघुत्तिमा सकरात्मक सर्किट

काठमाडौं । साताको अन्तिम दिन सेयर बजारमा सामान्य गिरावट आएको छ ।

बिहीबार, नेप्से परिसूचक ०.०१ अंकले घटेर १८६७.२१ अंक विन्दुमा आइपुगेको छ ।

आज ३१ लाख ११ हजारको कित्ता सेयर १ अर्ब ११ करोड ९७ लाखमा खरिद बिक्री भएको छ ।

७६ वटा कम्पनीको सेयर मूल्य बढ्दा १२४ वटा कम्पनीको घटेको छ भने ११ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ।

सृजनशील लघुवित्तमा १० प्रतिशत र धौलागिरी लघुवित्तमा ९.९९ प्रतिशतको सकरात्मक सर्किट लागेको छ ।

त्यसैगरि, नेपाल टेलिकमको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज १४ करोड ९९ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।

त्यस्तै, एनआइसी एसियाको ५ करोड ६९ लाख, नबिल बैंकको ५ करोड ३१ लाख, हिमालयन डेष्टिलरीको ४ करोड ८१ लाख र शिवम् सिमेन्टसको ३ करोड ९९ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स