सोल्टी होटलको सेयर मूल्य समायोजन, भोलि कतिमा खुल्दैछ कारोबार ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सोल्टी होटल लिमिटेडको सेयर मूल्य समायोजन भएको छ । बुधबार कम्पनीले ५ प्रतिशत बोनस सेयर वितरणका लागि बुकक्लोज गर्ने भएसँगै नेप्सेले होटलको सेयरमूल्य समायोजन गरेको हो ।

नेप्सेले होटलको चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर समायोजनपछि प्रतिसेयर २१५.२४ रुपैयाँ मूल्य कायम गरेको छ । बुधबार कारोबार भएको अन्तिम मूल्य २२६ रुपैयाँलाई आधार मानेर नेप्सेले समायोजित भाउ तोकेको हो ।

बुधबार समायोजित सेयर मूल्यको आधारमा भोलि बिहीबार नेप्सेमा कारोबार खुल्नेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स