नेप्सेमा ३७ लाख ५० हजार कित्ता बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा एनसीसी बैंकको बोनस सेयर सूचीकृत भएको छ ।

बुधबार बैंकको ३७ लाख ५० हजार कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो।

बैंकले आफ्ना सेयरधनीहरुलाई आर्थिक वर्ष २०७८/७९का लागि कुल ११ प्रतिशत लाभांश वितरण गरेको थियो। जसमा ३.३६६३ प्रतिशत बोनस सेयर र ७.६३३७ प्रतिशत नगद लाभांश रहेको छ।

सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा हस्तान्तरण भएपछि खरिद बिक्री गर्न सकिने छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स