नेप्से ओरालो लाग्दा ४ कम्पनीमा लाग्यो सर्किट, यस्ता छन् आज सेयर मूल्य बढ्ने कम्पनी

काठमाडौं । साताको चौथो दिन सेयर बजारमा गिरावट आएको छ ।

बुधबार, नेप्से परिसूचक ५.८९ अंकले घटेर १८६७.२२ अंक विन्दुमा आइपुगेको छ ।

आज २४ लाख ४० हजारको कित्ता सेयर ८६ करोड ३८ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, ६३ वटा कम्पनीको सेयर मूल्य बढ्दा १४० वटा कम्पनीको घटेको छ भने ९ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ।

त्यसैगरि, आधिखोला लघुवित्तमा १०, सिर्जनसिल लघुवित्तमा ९.९९ र इष्र्टन हाइड्रोपावरमा ९.८५ र घलेम्दी हाइड्रोको सेयरमा ९.१४ प्रतिशतको सकरात्मक सर्किट लागेको छ ।

त्यस्तै, धौलागिरी लघुवित्तमा ८.२१ र किसान लघुवित्तमा ६.२० प्रतिशतले सेयर मूल्य बढेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स