नेप्से सामान्य अंकले घट्दा पनि यस्ता छन् आज सर्वाधिक खरिदबिक्री हुने कम्पनी

काठमाडौं । साताको चौथो दिन सेयर बजारमा गिरावट आएको छ ।

बुधबार, नेप्से परिसूचक ५.८९ अंकले घटेर १८६७.२२ अंक विन्दुमा आइपुगेको छ ।

आज २४ लाख ४० हजारको कित्ता सेयर ८६ करोड ३८ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, ६३ वटा कम्पनीको सेयर मूल्य बढ्दा १४० वटा कम्पनीको घटेको छ भने ९ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ।

त्यसैगरि, एनआइसी एसियाको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ११ करोड ८२ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।

त्यस्तै, नबिल बैंकको ३ करोड ९५ लाख, शिवम् सिमेन्टसको ३ करोड ८५ लाख, हिमालयन डेष्टिलरीको ३ करोड ३४ लाख र सोल्टी होटलको ३ करोड ३० लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स