लाभांश घोषणा गरेको सेन्ट्रल फाइनान्सको सेयर कारोबार रोक्का

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सेन्ट्रल फाइनान्सको सेयर कारोबार रोक्का गरिदिएको छ । कम्पनीले आइतबार (पुस ३ गते) लाभांशबारे निर्णय गरेर बुधबार (पुस ६ गते)मात्र सार्वजनिक गरेपछि नेप्सेले कम्पनीको सेयर कारोबार रोक्का गरेको हो ।

लाभांश बारे गरेको निर्णय सोहि दिन वा अर्को दिन बजार खुल्नु भन्दा अगाडी दिनु पर्ने व्यवस्था रहेकोमा कम्पनीले लाभांश बारेको निर्णय चौथो दिन मात्र जानकारी गराएपछि नेप्सेले कम्पनीलाई स्पष्टीकरण सोध्दै कारोबार रोक्का गरेको हो ।

कम्पनीले हाल कायम चुक्तापुँजी ९४ करोड ८८ लाख ७५ हजार ४५८.७३ रुपैयाँको ५ प्रतिशतले हुन आउने ४ करोड ७४ लाख ४३ हजार ७७२.९४ रुपैयाँबराबरको नगद लाभांश प्रस्ताव गरेको छ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि र कम्पनीको वार्षिक साधारणसभाले अनुमोदन गरेपछि सेयरधनीहरुमा वितरण हुने छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स