काठमाडौं । शुभम पावर लिमिटेडको आईपीओ निष्कासन तथा बिक्री खुला भएको छ । कम्पनीले आज (पुस ६ गते)बाट वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्कासन गरेको हो ।
कम्पनीले जारी पुँजी २० करोड रुपैयाँको २० प्रतिशतले हुन आउने ४ करोड रुपैयाँ र आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि जारी गरिएको सेयरमा बिक्री नभएको १ करोड ८० लाख ५८ हजार रुपैयाँ गरी कुल ५ करोड ८० लाख ५८ हजार रुपैयाँको १० प्रतिशतले हुन आउने १० प्रतिशतले हुन आउने ५८ लाख ५ हजार ८०० रुपैयाँबराबरको सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गर्न लागेको हो। जसअनुसार कम्पनीले १०० अंकित दरका कुल ५८ हजार ५८ कित्ता सेयर बिक्री खुला गरेको हो।
वैदेशिक रोजगारीमा गएकाले न्यूनतम १० कित्तादेखि ५ हजार कित्तासम्म आवेदन दिन पाउनेछन्। उक्त सेयरमा पुस २० गतेसम्ममा आवेदन दिनुपर्ने छ ।
कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।
वैदेशिक रोजगारीमा रहेका नेपालीले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखाहरुबाट सी–आस्बा प्रणालीमा आवेदन दिन सक्नेछन्।