काठमाडौं । सेयर बजारमा हरियाली छाएको छ ।
मंगलबार, नेप्से परिसूचक १४.२२ अंकले बढेर १८७३.११ अंक विन्दुमा आइपुगेको छ ।
आज ३० लाख २२ हजारको कित्ता सेयर ९३ करोड ८ लाख ३९ हजारमा खरिद बिक्री भएको छ ।
त्यस्तै, १५२ वटा कम्पनीको सेयर मूल्य बढ्दा ४६ वटा कम्पनीको घटेको छ भने १३ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ।
आज आधिंखोला लघुवित्त, सिर्जनशिल लघुवित्त र धौलागिरी लघुवित्तको सेयरमा १० प्रतिशतको सकरात्मक सर्किट लागेको छ ।
त्यस्तै, सिवाइसी नेपाल लघुवित्तमा ७.६२ र मन्दाकिनी हाइड्रोपावरको ४ं७१ प्रतिशतले सेयर मुल्य बढेको छ ।