काठमाडौं । सन् २०२२ धेरै कमाउने व्यक्ति गौतम अडानी बनेका छन् भने गुमाउन धनाढ्य व्यक्तिमा ट्वीटरका मालिक इलन मस्क परेका छन् । भारतीय नागरिक अडानीले सन् २०२२ मामात्रै ४७ अर्ब अमेरिकी डलर सम्पत्ति थपेका छन् भने ट्वीटरका प्रमुख इलन मस्क सम्पति १ खर्ब १४ अर्ब डलरले घटेको छ ।
सन् २०२२ मा धेरै गुमाएका इलन मक्स विश्वका दोस्रो धनी व्यक्ति हुन् भने धेरै कमाएका अडानी विशवका तेस्रो धनी व्यक्ति हुन् ।
भारतीय नागरिक गौतम अडानी १ वर्षमा ४७ अर्ब अमेरिकी डलर बढाएका छन् । । ब्लुमबर्गको अर्बपतिहरूको सूचीमा सन् २०२२ मा मात्रै अडानीको सम्पति ४७ अर्ब अमेरिकी डलरले वृद्धि भएको छ ।
भारतका अर्बपति गौतम अडानी सन् २०२२ मा विश्वकै सबैभन्दा धेरै सम्पति वृद्धि गर्ने व्यक्ति बनेका छन् । । हाल उनको नेटवर्थ १ खर्ब २४ अर्ब डलर रहेको छ । जसले अडानीलाई विश्वको तेस्रो सर्वाधिक धनी व्यक्ति पनि बनाएको छ अडानी इन्टरप्राइजेजको सेयर भाउ बढेपछि गौतम अडानीको सम्पति पनि वृद्धि भएको हो ।
ट्वीटरका प्रमुख इलन मस्क भने सन् २०२२ मा सबैभन्दा बढी सम्पति गुमाउने व्यक्तिमा परेका छन् । सन् २०२२ मा मात्रै मस्कको सम्पति १ खर्ब १४ अर्ब डलरले घटेको छ । सम्पतिको ठूलो हिस्सा गुमाएपनि मस्क धनाड्यहरुको सूचीमा दास्रो स्थानमा रहेका छन् । हाल मस्कको नेटवर्थ १ खर्ब ५६ अर्ब डलर रहेको छ । मस्कको सम्पतिको ठूलो हिस्सा विद्युतीय कार कम्पनी टेस्लामा रहेको छ । तसर्थ, टेस्लाको सेयर भाउमा परिवर्तन हुँदा मस्कको नेटवर्थमा पनि परिवर्तन भएको हो