बाराही हाइड्रोपावरको आईपीओ बाँडफाँट सम्पन्न, ५१ हजार ५२२ जनाले पाए १० कित्ता सेयर,यसरी हेर्नुस् नतिजा

काठमाडौं । बाराही हाइड्रोपावर पब्लिक लिमिटेडको आईपीओ बाँडफाँट सम्पन्न भउको छ । आज बिहान बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले सेयर बाँडफाँट गरेको हो ।

कम्पनीको आईपीओमा १२ लाख ५८ हजार ४ सय २१ जनाले १ करोड ४३ लाख ५१ हजार ८ सय ३० कित्ताको लागि आवेदन दिएका थिए। जस मध्ये ६५ हजार ९ सय २७ जनाको आवेदन रद्द भएको छ । योग्य रहेका ११ लाख ९२ हजार ४ सय ९४ जनालाई गोलाप्रथामा समावेश गराएर आईपीओ बाँडफाँट गरिएको छ । माग भन्दा बढीको आवेदन परेकोले गोलाप्रथाबाट कम्पनीको आईपीओ बाँडफाँट गरिएको हो । जस अनुसार ५१ हजार ५२२ जना आवेदकले १० कित्ताको दरले सेयर पाएका छन् ।

यी ४ तरिकाबाट हेर्नुस् नतिजाः

१.बिक्री प्रबन्धक एनआईबिएल क्यापिटलको वेबसाइट : https://www.niblcapital.com/,

२. सिडीएससीको मेरोशेयरको वेबसाइट : meroshare.cdsc.com.np/#/login

३. सिडीएसले आईपीओको लागि संचालन गरेको वेबसाइट : iporesult.cdsc.com.np/

४. बाराही हाइड्रोको वेबसाइट : https://barahihydropower.com.np/

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स