भोलि बाराही हाइड्रोपावरको आईपीओ बाँडफाँट हुने, भाग्यमानी कति जनाको हात पर्दे छ सेयर ?

काठमाडौं । बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले निष्काशन गरेको आईपीओ भोलि (पुस ३ गते) बाँडफाँट हुने भएको छ। बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले कम्पनीको आईपीओ आइतबार बिहान १० बजे बाँडफाँट गर्न लागेको हो । शुक्रबार आईपीओको प्रि अलोत्मेंट सम्पन्न भएसँगै भोलि सेयर बाँडफाँट गर्न लागेको हो ।

कम्पनीले जारी गरेको आईपीओमा १२ लाख ५८ हजार ४ सय २१ जनाले १ करोड ४३ लाख ५१ हजार ८ सय ३० कित्ताको लागि आवेदन दिएका छन् । माग भन्दा बढीको आवेदन परेकोले गोलाप्रथाबाट कम्पनीको आईपीओ बाँडफाँट हुन लागेको हो । जस अनुसार ५१ हजार ५ सय २२ जना आवेदकले १० कित्ताको दरले सेयर पाउने छन् ।

कम्पनीले मङ्सिर २१ गतेदेखि सर्वसाधारणलाई आईपीओ बिक्री खुला गरेको थियो ।

कम्पनीले स्थानीयलाई आईपीओ निष्काशन गर्दा बिक्री नभएको १ लाख ४ हजार कित्ता, र सर्वसाधारणलाई छुट्याईएको ४ लाख ५० हजार कित्ता गरि कुल ५ लाख ५४ हजार कित्ता सर्वसाधारणमा निष्काशन गरेको थियो ।

जसमध्ये २७ हजार कित्ता सेयर सामुहिक लगानी कोषको लागे छुट्याईएको छ भने ११ हजार ८० कित्ता सेयर कम्पनीका कर्मचारीको लागि छुट्याईएको थियो । बाँकी रहेको ५ लाख १५ हजार २ सय २० कित्ता सेयरको लागि सर्वसाधारणले आवेदन दिएका छन् । आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १० हजार कित्ताको लागि आवेदन दिएका थिए ।

कम्पनीले बाग्लुङ जिल्लाका आयोजना प्रभावित स्थानीयलाई कार्तिक ४ गतेदेखि कार्तिक २५ गतेसम्म आईपीओ निष्काशन गरेको थियो। आईपीओ निष्काशनपछि कम्पनीको चुक्ता पुँजी २५ करोड हुने छ ।

यस कम्पनीले बाग्लुङको जैमिनी नगरपालिकामा ठेउले खोलाको पानी उपयोग गरि १।५ मेगावाटको ठेउले खोला जलविद्युत आयोजना संचालन गरिरहेको छ । आयोजनाले २०७५ असार २४ गतेदेखि व्यापारिक उत्पादन सुरु गरि नेपाल विद्युत प्राधिकरणलाई विद्युत बिक्री गरिरहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स