सामलिङ पावरको सेयर कारोबार फुकुवा

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सामलिङ पावर कम्पनीको सेयर कारोबार फुकुवा गरेको छ।

नेप्सेको मंसिर २९ गते आजको निर्णयबाट सामलिङ पवारको सेयर कारोबार फुकुवा गर्ने निर्णय भएको हो।

नेप्सेले धितोपत्र सूचीकरण विनियमावली, २०७५ विपरीत कार्य गरेको भन्दै सामलिङ पावरको सेयर कारोबार रोक्का गर्दै चित्तबुझ्दो स्पष्टीकरण पेस गर्न ३ कार्यदिनको समय दिएको थियो।

कम्पनीले आर्थिक वर्ष २०७८–७९ का लागि सेयरधनीहरुलाई कुनै लाभांश वितरण नगर्ने निर्णय गरेको थियो। सो निर्णयबारे कम्पनीले दिउँसो नट्सको लगइनमार्फत नेप्सेमा जानकारी गराएको थियो।

कम्पनीले विनियमावलीविपरीत धितोपत्रको कारोबार तथा मूल्यसँग सम्बन्धित संवेदनशील सूचना तथा जानकारी सर्वसाधारणलाई सूचनाको पहुँचबाट वञ्चित गराएको ठहर नेप्सले गरेको थियो।

कम्पनीले मंगलबार (मंसिर २७ गते) नेप्सेमा पत्र पठाउँदै धितोपत्रको मूल्यमा प्रभाव पार्ने कुनै दुराशय नभएको र सदाशयमा कार्य गर्दागर्दै प्राविधिक रुपमा मानवीय त्रुटिले फरक अवस्था सिर्जना हुन गएको बताएको छ ।

योसँगै अब कम्पनीको सेयर आइतबारबाट कारोबारमा आउनेछ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स