चन्द्रागिरी हिल्सले डाक्यो साधारण सभा, लाभांश वितरण नगर्ने

काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडले साधारण सभा डाकेको छ ।

कम्पनीको मंसिर २८ गते बसेको संचालक समितिको बैठकले आफ्नो १३औं वार्षिक साधारण सभा आउँदो पुष २१ गते चन्द्रागिरी हिल्स परिसर मै गर्ने निर्णय गरेको हो । कम्पनीले साधारण सभा प्रयोजनका लागि पुष १२ गते बुकक्लोजको मिति तोकेको छ । यसर्थ पुष ११ गतेसम्म कायम सेयरधनीहरु मात्रै सभामा उपस्थित हुन पाउनेछन् ।

सभाले गत आर्थिक २०७८/७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्नेछ । साथै सोही आवको असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह जस्ता वित्तीय विवरणमाथि छलफल गरी पारित गर्नेछ । यसका साथै आव २०७९।८० को लागि लेखापरिक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने समेत प्रस्ताव रहेको छ ।

साथै, कम्पनीले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको छ । कम्पनीले साधारण सभामार्फत पारित गर्ने प्रस्तावमा लाभांश प्रस्ताव समावेश गरेको छैन । यसअनुसार यसपटक कम्पनीका सेयरधनीहरुको हात खाली हुनेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स