काठमाडौं । आज भाद्र महिनाको अन्तिम बुधबार पनि सेयर बजारमा लगातारको गिरावट देखिएको छ ।
आज नेप्से परिसूचक ४०.२६ अंकले घटेर २८८९.०३ अंक विन्दुमा आइपुगेको छ । १८ कम्पनीको सेयर मूल्य बढ्दा १९३ कम्पनीको घटेको छ भने २ वटा कम्पनीको स्थिर रहेको छ । जम्मा २२२ वटा कम्पनीको सेयर कारोवार हुदाँ १ करोड ५ लाख ५७ हजार ८६६ कित्ता सेयर ५ अर्ब ३५ करोड ८० लाख ९७ हजार २५४ रुपैयाँमा खरिद बिक्री भएको छ ।
एनआईबीएल संवृद्धि फण्ड १ को सेयर मूल्य ६.८८ प्रतिशतले घटेको छ । मंगलबार कम्पनीको सेयर प्रति कित्ता १२.९४ रुपैयाँमा कारोवार भएको थियो भने आज १२.०५ पुगेको छ ।
हिमालयन ऊर्जा विकास कम्पनीको सेयर मूल्य ५.८३ प्रतिशतले घटेको छ । मंगलबार कम्पनीको सेयर प्रति कित्ता ५१५ रुपैयाँमा कारोवार भएको थियो भने आज ४८५ पुगेको छ । कम्पनीको सेयर मूल्य ३० रुपैयाँले घटेको छ ।
गोर्खाज फाइनान्सको सेयर मूल्य ५.४१ प्रतिशतले घटेको छ । मंगलबार कम्पनीको सेयर प्रति कित्ता १११० रुपैयाँमा कारोवार भएको थियो भने आज १०५० पुगेको छ । कम्पनीको सेयर मूल्य ६० रुपैयाँले घटेको छ ।
रुरु जलबिद्युत परियोजनाको सेयर मूल्य ४.८६ प्रतिशतले घटेकोे छ । मंगलबार कम्पनीको सेयर प्रति कित्ता १३७९ रुपैयाँमा कारोवार भएको थियो भने आज १३१२ पुगेको छ । कम्पनीको सेयर मूल्य ६७ रुपैयाँले घटेको छ ।
सिन्धु विकास बैंकको सेयर मूल्य ४.४६ प्रतिशतले घटेको छ । मंगलबार कम्पनीको सेयर प्रति कित्ता ५३८ रुपैयाँमा कारोवार भएको थियो भने आज ५१४ पुगेको छ । कम्पनीको सेयर मूल्य २४ रुपैयाँले घटेको छ ।