आज सेयर मूल्य बढ्ने कम्पनी यस्ता छन्

काठमाडौं । आज भाद्र महिनाको अन्तिम बुधबार पनि सेयर बजारमा लगातारको गिरावट देखिएको छ ।

आज नेप्से परिसूचक ४०.२६ अंकले घटेर २८८९.०३ अंक विन्दुमा आइपुगेको छ । १८ कम्पनीको सेयर मूल्य बढ्दा १९३ कम्पनीको घटेको छ भने २ वटा कम्पनीको स्थिर रहेको छ । जम्मा २२२ वटा कम्पनीको सेयर कारोवार हुदाँ १ करोड ५ लाख ५७ हजार ८६६ कित्ता सेयर ५ अर्ब ३५ करोड ८० लाख ९७ हजार २५४ रुपैयाँमा खरिद बिक्री भएको छ ।

मनकामना स्मार्ट लघुवित्त वित्तिय संस्थाको सेयर मूल्य ८.२३ प्रतिशतले बढेको छ । मंगलबार कम्पनीको सेयर प्रति कित्ता ७५५.९० रुपैयाँमा कारोवार भएको थियो भने आज ८१८.१० पुगेको छ । कम्पनीको सेयर मूल्य ६२.२० रुपैयाँले बढेको छ ।

कर्पोरेट डेभलपमेण्ट बैंकको सेयर मूल्य ६.६७ प्रतिशतले बढेको छ । मंगलबार कम्पनीको सेयर प्रति कित्ता ९७५ रुपैयाँमा कारोवार भएको थियो भने आज १०४० पुगेको छ । कम्पनीको सेयर मूल्य ६५ रुपैयाँले बढेको छ ।

छ्याङ्दी हाइड्रेपावरको सेयर मूल्य ४.०८ प्रतिशतले बढेको छ । मंगलबार कम्पनीको सेयर प्रति कित्ता ६१०.१० रुपैयाँमा कारोवार भएको थियो भने आज ६३५ पुगेको छ । कम्पनीको सेयर मूल्य २४.९० रुपैयाँले बढेको छ ।

ग्लोबल आईएमई समुन्त स्कीम १ को सेयर मूल्य २ प्रतिशतले बढेको छ । मंगलबार कम्पनीको सेयर प्रति कित्ता २१ रुपैयाँमा कारोवार भएको थियो भने आज २१.४२ पुगेको छ ।

मंगलबार माउन्टेन ईनर्जीको सेयर प्रति कित्ता १३२० रुपैयाँमा कारोवार भएको थियो भने आज १३४६ रुपैयाँमा भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स