नेप्सेमा इस्टर्न र पिपुल्स हाइड्रोपावरको सेयर कारोबार सुरु, कुन मूल्यमा भयो पहिलो कारोबार ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा इस्टर्न हाइड्रोपावर र पिपुल्स हाइड्रोपावरको सेयर कारोबार सुचारु भएको छ । मंगलबार यी दुई कम्पनीको सेयर नेप्सेमा सूचीकृत भएसँगै आज (बुधबार) बाट कारोबारमा आएको हो ।

इस्टर्न हाइड्रोपावरको पहिलो कारोबार प्रति कित्ता २१६ रुपैयाँमा भएको छ । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि ७१.३३ रुपैयाँ देखि २१६.९९ रुपैयाँ सम्मको सुरुवाती रेन्ज तोकेको छ। यस रेन्ज बीचको जुनसुकै मूल्यबाट कम्पनीको पहिलो कारोबार हुनसक्ने व्यवस्था रहेकोमा अधिकतम मूल्य बाट नै कारोबार सुरु भएको हो। कम्पनीलाई नेप्सेले ‘ईएचपीएल’ कारोबार संकेत प्रदान गरेको छ। मंगलबार कम्पनीको ६२ लाख कित्ता सेयर सूचीकृत भएको थियो ।

त्यस्तै, पिपुल्स हाइड्रोको पहिलो कारोबार प्रति कित्ता ३०० रुपैयाँमा भएको छ । नेप्सेले पहिलो कारोबारको लागि १०० रुपैयाँ देखि ३०० रुपैयाँ सम्मको रेन्ज तोकेको छ । यस रेन्ज बीचको जुनसुकै मूल्यबाट कम्पनीको पहिलो कारोबार हुनसक्ने व्यवस्था रहेकोमा अधिकतम मूल्य बाट नै कारोबार सुरु भएको हो। कम्पनीलाई नेप्सेले ‘पीएचसीएल’ कारोबार संकेत प्रदान गरेको छ। मंगलबार पिपुल्स हाइड्रोको ३ करोड २० लाख कित्ता सेयर सूचीकृत भएको थियो ।

त्यसैगरि, श्रीजनशील लघुवित्तको स्पेसल प्रि ओपन सेसनमा कारोबार नहुँदा आज कम्पनीको कारोबार हुने छैन । यदि बिहिबारको स्पेसल प्रि ओपन सेसनमा मूल्य तय भएमा बिहिबारदेखि कम्पनीको कारोबार सुचारु हुनेछ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स