नेप्से १६ अंकले बढ्दा लाभांश घोषणा गरेको नबिल बैंकसहित यी कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । साताको दोस्रो दिन सेयर बजारमा हरियाली छाएको छ ।

सोमबार, नेप्से परिसूचक १६.९७ अंकले बढेर १९०२.२८ अंक विन्दुमा आइपुगेको छ ।

आज ४४ लाख ७० हजारको कित्ता सेयर १ अर्ब ३६ करोड ६० लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, १५८ वटा कम्पनीको सेयर मूल्य बढ्दा ४१ वटा कम्पनीको घटेको छ भने ७ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ।

त्यसैगरि, नबिल बैंकको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज २१ करोड ३२ लाख रुपैयाँ माथिको कारोबार भएको छ । बैंकले आइतबार गत आर्थिक वर्षको संचित मुनाफाबाट चुक्तापुँजीको १८.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागिसमेत ११.५ प्रतिशत नगद गरि कुल ३० प्रतिशत लाभांश घोषणा गरेको छ ।

त्यसैगरि, कुमारी बैंक प्रमोटर सेयरको १० करोड ९८ लाख, शिवम् सिमेन्ट्सको ६ करोड २१ लाख, आशा लघुवित्तको ५ करोड ९३ लाख र हिमालयन डेष्टिलरीको ४ करोड ३५ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स