पावर ट्रान्समिसनको लाभांश घोषणा, डाक्यो साधारण सभा
काठमाडौं । पावर ट्रान्समिसन कम्पनी नेपाल लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।
कम्पनीले उक्त आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजीको १८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
कम्पनीले उक्त लाभांश प्रस्ताव पारित गर्न १४ औं वार्षिक साधारण सभा दरबारमार्गस्थित नेपाल विद्युत प्राधिकरणको सभा हलमा पुस २२ गते अपरान्ह ४ बजे बोलाएको छ ।
सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षको आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित २०७९ साल आषाढ मसान्तको वासलात र आर्थिक वर्ष २०७८/७९ को नाफा र नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र आर्थिक वर्ष २०७९/८० को लागि लेखापरिक्षक नियुक्ति र निजको पारिश्रमिक तोक्ने लगायतका प्रस्ताव पारित गर्नेछ ।