भिजन इनर्जी एन्ड पावरले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल

काठमाडौं । भिजन इनर्जी एण्ड पावरद्वारा प्रवद्र्धित नुप्चे लिखु जलविद्युत आयोजनाले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले ६५ करोड रुपैयाँबराबरको आईपीओ जारी गर्न लागेको हो ।

कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ६५ लाख कित्ता साधारण सेयर (जारी पुँजीको १० प्रतिशत सेयर अर्थात ३२ लाख ५० हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि र जारी पुँजीको अधिकतम १० प्रतिशत सेयर अर्थात ३२ लाख ५० हजार कित्ता सेयर सर्वसाधारणका लागि)को सार्वजनिक निष्कासन गर्न लागेको हो ।

कम्पनीले आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ।

यो कम्पनीले ऊर्जा उत्पादन गर्ने कम्पनीहरुमा लगानी गर्ने (पानी, वायु, सौर्य ऊर्जा, बायो ग्यासजस्ता वैकल्पिक ऊर्जा स्रोतहरुको प्रयोग गरेर साना वा मझौला आयोजनाहरुमार्फत) र ऊर्जा सम्बन्धित परियोजनाहरु आफैँ निर्माण गर्ने गर्दछ।

हाल यस कम्पनीले नुप्चे खोला र लिखु खोलाको पानी प्रयोग गरी रामेछापको उमाकुण्ड गापा-१ मा नुप्चे लिखु जलविद्युत आयोजना (५७.५ मेगावाट) निर्माण गरिरहेको छ। आयोजनाको कुल हेड १००३.५० मिटर र डिजाइन डिस्चार्ज ७.११ एम३रसेकेन्ड रहेको छ। उच्च हेड भएर यो अवस्थासम्म निर्माण भइरहेको नेपालको यो पहिलो आयोजना हो।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स