सामलिङ पावर कम्पनीको सेयर कारोबार रोक्का, यस्तो छ कारण

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सामलिङ पावर कम्पनीको सेयर कारोबार रोक्का गरेको छ।

कम्पनीले गत मंसिर २१ गते बिहान ९ः३० बजेको सञ्चालक समितिले आर्थिक वर्ष २०७८/७९ का लागि सेयरधनीहरुलाई कुनै लाभांश वितरण नगर्ने निर्णय गरेको थियो। सो निर्णयबारे कम्पनीले दिउँसो ३ः४२ बजे नट्सको लगइनमार्फत नेप्सेमा जानकारी गराएको थियो।

नेप्सेले विनियमावलीविपरीत कम्ँपनीले धितोपत्रको कारोबार तथा मूल्यसँग सम्बन्धित संवेदनशील सूचना तथा जानकारी सर्वसाधारणलाई सूचनाको पहुँचबाट वञ्चित गराएको ठहर गरेको छ। नेप्सेले के–कति कारणले नेप्सेमा समयमै जानकारी नगराएको सम्बन्धमा कम्पनीसँग चित्तबुझ्दो स्पष्टीकरण माग गरेको छ।

धितोपत्र सूचीकरण विनियमावली, २०७५ विपरीत कार्य गरेको भन्दै नेप्सेले कम्पनीको सेयर कारोबार रोक्का गरेको हो ।

[embeddoc url=”https://hamroartha.com/wp-content/uploads/2022/12/4-1.pdf” cache=”off”]

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स