काठमाडौं । पाँचथर पावर कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ। बिहीबार बसेको कम्पनीको संचालक समितिको बैंठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।
कम्पनीले चुक्तापुँजी ९६ करोड २५ लाख रुपैयाँको ७ प्रतिशतले हुन आउने ६ करोड ७३ लाख ७५ हजार रुपैयाँबराबरको नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव गरेको हो।
उक्त लाभांश कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीहरुमा वितरण हुनेछ ।