माया खोला हाइड्रोपावरको आईपीओ निष्कासन तथा बिक्री खुला

काठमाडौं । माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ आज (मंसिर २३ गते) देखि निष्कासन तथा बिक्री खुला भएको छ।

कम्पनीले संखुवासभा जिल्लाका आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा गएका नेपालीका लागि आईपीओ बिक्री गरेको हो।

कम्पनीले जारी पुँजी १ अर्ब रुपैयाँको ३४ प्रतिशतले हुने ३४ लाख कित्ता साधारण सेयरमध्ये जारी पुँजीको १० प्रतिशतले हुन आउने १० लाख कित्ता स्थानीय र सर्वसाधारणका लागि जारी हुने बाँकी २४ लाख कित्तामध्ये १० प्रतिशत अर्थात २ लाख ४० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बिक्री गर्न लागेको हो ।

उक्त आईपीओमा आयोजनाबाट अतिप्रभावित संखुवासभा जिल्लाको चैनपुर–८ र ९, धर्मादेवी ३, ४ र ५, मादी–४ र ६ का लागि बासिन्दाका लागि ६ लाख कित्ता तथा प्रभावित क्षेत्र संखुवासभा जिल्लाको चैनपुर, धर्मदेवी र मादी नगरपालिकाका अन्य क्षेत्रका स्थानीयका लागि ४ लाख कित्ता छुट्याएको छ।

स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतममा १ लाख कित्ता र वैदेशिक रोजगारीमा गएकाले न्यूनतम १० कित्तादेखि ५० हजार कित्तासम्म आवेदन दिन सक्ने छन्। कम्पनीको आईपीओको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ।

स्थानीयका लागि जारी आईपीओ छिटोमा पुस ८ गतेसम्म आवेदन दिनुपर्नेछ। यो अवधिसम्म मागबमोजिम आवेदन नपरेको खण्डमा बिक्री खुला अवधि पुस २४ गतेसम्म लम्ब्याइने कम्पनीले जनाएको छ।

वैदेशिक रोजगारीमा रहेका नेपालीले भने पुस ८ गतेसम्म आईपीओ भरिसक्नुपर्नेछ।

वैदेशिक रोजगारीमा रहेका नेपालीले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखाहरुबाट सी९आस्बा प्रणालीमा आवेदन दिन सक्नेछन्।

स्थानीयले संखुवासभाको खाँदबारीस्थित प्राइम कमर्सियल बैंक, धर्मदेवीस्थित नेपाल एसबीआई बैंक, संखुवासभास्थित माया खोला हाइड्रोपावर कार्यालय र काठमाण्डौको कमलादीस्थित प्रभु क्यापिटलको कार्यालय तथा क्यापिटलले निर्माण गरेको अनलाइनबाट आवेदन दिन सक्नेछन्।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स