हिमाल वाटरपार्क एण्ड भिलेज होटलले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल

काठमाडौं । हिमाल वाटरपार्क एण्ड भिलेज होटल प्रालि (क्लार्क रिसोर्ट) ले आईपीओ निष्काशन गर्ने भएको छ । वीरगंजमा रहेको उक्त रिसोर्टले आईपीओ निष्कासनको लागि बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

सम्झौतापत्रमा एनआइबिएल एस क्यापिटलका तर्फबाट नायब महाप्रबन्धक सचिन्द्र ढुंगाना तथा हिमाल वाटरपार्कका तर्फबाट निर्देशक सुनिल कुमार खेतानले हस्ताक्षर गरेका छन् ।

सम्झौता अन्तर्गत एनआइबिएल एस क्यापिटलले रिसोर्टलाई सर्वसाधारणलाई सेयर निष्काशन पूर्व, निष्काशनको अवधि र निष्काशनपछि गरी तीन चरणमा सेवा प्रदान गर्नेछ ।

होटलको संरचना १ लाख २२ हजार ४३०.४८ वर्गफिटमा फैलिएको छ। २०७३ सालदेखि निमार्ण कार्य सुरु भएको उक्त होटल हाल निर्माण सम्पन्न भइसकेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स