मोलुङ हाइड्रोपावरले आईपीओ निष्काशन गर्ने, पायो बोर्डको अनुमति

काठमाडौं । मोलुङ हाइड्रोपावर कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीलाई आईपीओ निष्कासनको लागि नेपाल धितोपत्र बोर्ड (सेबन)ले मंसिर १५ गते अनुमति प्रदान गरेको हो ।

बोर्डले कम्पनीलाई १०० रुपैयाँ अंकित दरका ८० करोड २५ लाख रुपैयाँ बराबरको कुल ८० लाख २५ हजार कित्ता आईपीओ निष्काशनका लागि अनुमति प्रदान गरेको हो ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारमा गएका नेपालीहरुका लागि आईपीओ जारी गर्नेछ भने दोस्रो चरणमा सर्वसाधारणहरुका लागि आईपीओ जारी गर्नेछ ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स