काठमाडौं । साताको तेस्रो दिन पनि सेयर बजारमा गिरावट आएको छ ।
मंगलबार, नेप्से परिसूचक ४.८७ अंकले घटेर १९३३.८८ अंक विन्दुमा आइपुगेको छ ।
आज २५ लाख ८१ हजारको कित्ता सेयर ९६ करोड ५२ लाखमा खरिद बिक्री भएको छ ।
त्यस्तै, ७८ वटा कम्पनीको सेयर मूल्य बढ्दा १०९ वटा कम्पनीको घटेको छ १२ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ।
त्यसैगरि, शिवम् सिमेन्ट्सको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ८ करोड १२ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।
त्यसैगरि, हिमालयन डेष्टिलरीको ५ करोड ५० लाख, रिडि पावरको ५ करोड २ लाख, नबिल बैंकको ४ करोड ८१ लाख र एनआइसी एसियाको ३ करोड ५३ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।