भोलिबाट सुपर मादी हाइड्रोपावरको आईपीओमा आवेदन दिन सकिने

काठमाडौं । सुपर मादी हाइड्रोपावर लिमिटेडले भोलि (मंसिर २० गते)देखि आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्कासन गर्न लागेको हो।

कम्पनीले स्थानीयका लागि १०० रुपैयाँ अंकित दरले कुल ३१ लाख ५० हजार कित्ता र सर्वसाधारणलाई निष्कासन हुने २१ लाख कित्ताको १० प्रतिशतले हुन आउने २ लाख १० हजार कित्ता आईपीओ नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीका लागि बिक्री खुला गर्नेछ।

स्थानीयका लागि जारी हुने कुल कित्तामध्ये आयोजना अति प्रभावित क्षेत्र कास्की जिल्लाको मादी गाउँपालिकाको वडा नं. १ र २ का स्थानीय बासिन्दाहरुको लागि ३ लाख १५ हजार कित्ता छुट्याएको छ।

त्यस्तै आयोजना प्रभावित क्षेत्र कास्की जिल्लाको मादी गाउँपालिकाका अन्य वडा नं ३, ४, ५, ६, ७, ८, ९, १०, ११ र १२ तथा पोखरा महानगरपालिका वडा नं. २६, २७ र २८ का स्थानीय बासिन्दाहरुका लागि ७ लाख ३५ हजार कित्ता निष्कासन गरिनेछ।

आयोजना प्रभावित क्षेत्रका स्थानीयले पुस ५ गतेसम्म आईपीओमा आवेदन दिन पाउनेछन्। यो अवधिमा सम्पूर्ण कित्ता बिक्री नभएको खण्डमा आवेदन दिने म्याद पुस २० गतेसम्म थपिनेछ।

कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ।

आयोजना प्रभावित स्थानीयले न्यूनतम १० कित्ता र अधिकतममा ५० हजार कित्ताका लागि खरिद आवेदन दिन पाउनेछन्। उनीहरुले एनसीसी बैंक, कुमारी बैंक, माछापुच्छ्रे बैंक, सानिमा बैंकका तोकिएका शाखा कार्यालय र आयोजना स्थलबाट आवेदन दिन सक्नेछन्।

यसैगरी वैदेशिक रोजगारमा रहेकाहरुले आईपीओमा पुस ५ गतेसम्म आवेदन दिन सक्नेछन्। उनीहरुले न्यूनतममा १० कित्ता र अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन पाउनेछन्।

वैदेशिक रोजगारमा रहेका नेपालीले भने आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका तोकिएको शाखा कार्यालयबाट सी(आस्बा प्रणालीबाट आवेदन दिन सक्नेछन्।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स