अजोड इन्स्योरेन्स र रिडी पावरको सेयर कारोबार फुकुवा, भोलिबाट कारोबारमा आउने

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले अजोड इन्स्योरेन्स र रिडी पावर कम्पनी लिमिटेडको सेयर कारोबार फुकुवा गरेको छ।

नेप्सेले अजोड इन्स्योरेन्स आधारभुत सेयरधनी बाहेक अन्य सेयर कारोबार फुकुवा गरेको हो । नियामक निकाय नेपाल धितोपत्र बोर्डले मर्जरमा गएका कम्पनीको समेत कारोबार खुलाउने गरी निर्देशिका जारी गरेपछि यस कम्पनीले कारोबार खोल्न नेप्सेमा निवेदन दिएको थियो ।

प्रभु इन्स्योरेन्स र अजोड इन्स्योरेन्स एक आपसमा मर्जरमा जाने सम्झौता भएसँगै साउन १ गतेदेखि दुवै कम्पनीको सेयर कारोबार रोकिएको थियो ।

त्यस्तै, रिडी पावर कम्पनी लिमिटेडले कारोबार समयमा सञ्चालक समितिको बैठक बसेर लाभांश घोषणा गरी कारोबार समयपछि सूचना पठाएको भन्दै नेप्सेले गत मंसिर ७ गते रिडी पावरमाथि कारबाही गर्दै सेयर कारोबार रोक्का गर्दै स्पष्टीकरण पठाउन निर्देशन दिएको थियो।

रिडी पावरले पत्र पठाउँदै अबदेखि यस्तो कमी–कमजोरी नगर्ने प्रतिबद्धता जनाएपछि सचेत गराउँदै कारोबार फुकुवा गरिएको नेप्सेले जनाएको छ।

योसँगै अब भोलि (सोमबार)बाट यी दुवै कम्पनीको सेयर कारोबारमा आउने छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स