एसियन हाइड्रोपावरले मंसिर २७ गतेदेखि आईपीओ निष्कासन गर्ने

काठमाडौं । एसियन हाइड्रोपावर लिमिटेडले यही मंसिर २७ गतेदेखि आईपीओ निष्कासन तथा बिक्री खुला गर्ने भएको छ ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा गएका नेपालीका लागि आईपीओ बिक्री खुला गर्न लागेको हो।

कम्पनीले जारी पुँजी ३४ करोडको १० प्रतिशतले हुने ३ करोड ४० लाख रुपैयाँबराबरको आईपीओ आयोजना प्रभावित स्थानीयलाई बिक्री गर्नेछ। जसअनुसार १०० अंकित दरका कुल ३ लाख ४० लाख कित्ता आईपीओ जारी गरिनेछ।

त्यसैगरी सर्वसाधारणमा निष्कासन हुने जारी पुँजीको २४.७१ प्रतिशतले हुन आउने ८ लाख ४० हजारकित्तामध्ये १० प्रतिशतले हुन आउने ८४ हजार कित्ता वैदेशिक रोजगारीमा गएका नेपालीले आवेदन पाउनेछन्।

यो आईपीओमा आयोजना अतिप्रभावित क्षेत्र इलाम वडा नं. १० तथा सूर्योद य नगरपालिका–११ का बासिन्दाका लागि १ लाख ३६ हजार कित्ता (४० प्रतिशत) र आयोजना अतिप्रभावित क्षेत्रबाहेक इलाम जिल्लाको अन्य क्षेत्रमा बसोबास गर्ने स्थानीय बासिन्दाका लागि ६० प्रतिशत अर्थात २ लाख ४ हजार कित्ता छुट्याइएको छ।

स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतममा २० हजार कित्ता र वैदेशिक रोजगारीमा गएकाले न्यूनतम १० कित्तादेखि २० हजार कित्तासम्म आवेदन दिन पाउनेछन्।

कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ।

स्थानीयका लागि जारी आईपीओ छिटोमा पुस १२ गतेसम्म आवेदन दिनुपर्नेछ। यो अवधिसम्म मागबमोजिम आवेदन नपरेको खण्डमा बिक्री खुला अवधि पुस २७ गतेसम्म लम्ब्याइने कम्पनीले जनाएको छ।

यसैगरी वैदेशिक रोजगारीमा रहेका नेपालीले भने पुस १२ गतेसम्म आईपीओ भरिसक्नुपर्नेछ।

वैदेशिक रोजगारीमा रहेका नेपालीले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखाहरुबाट सी–आस्बा प्रणालीमा आवेदन दिन सक्नेछन्।

स्थानीयले भने इलामस्थित एनएमबि बैंक, लक्ष्मी बैंकको माइजोगीमाई शाखा, प्राइम बैंकको बिब्ल्याँटे शाखा र ग्लोबल आइएमई बैंकको सूर्योदय शाखाबाट आवेदन दिन सक्नेछन्।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स