नेप्सेमा हरियाली छाउँदा यी कम्पनीमा लाग्यो सर्किट

काठमाडौं । साताको अन्तिम दिन सेयर बजारमा हरियाली छाएको छ ।

बिहीबार, नेप्से परिसूचक ११.२२ अंकले बढेर १९६१.०६ अंक विन्दुमा आइपुगेको छ ।

आज ३८ लाख ६५ हजारको कित्ता सेयर १ अर्ब ३२ करोड २९ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, १०७ वटा कम्पनीको सेयर मूल्य बढ्दा ८४ वटा कम्पनीको घटेको छ ५ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ।

त्यसैगरि, धौलागिरी लघुवित्तको सेयरमा १० प्रतिशतको सकारात्मक सर्किट लागेको छ ।

त्यस्तै, श्वेत गंगाको ९.२१%, एलआईसीको ५.०८%, स्वाभलम्वीको ४.९५%, मनकामना स्मार्ट लघुवित्तको ४.३९%, लक्ष्मी इक्विटी फण्डको ४.३५%, हिमाल दोलखाको ४.१२%, युनिलिर्भरको ४.०४%, सिद्धार्थ इन्भेष्टमेन्टको ३.९३% र सिभिल लघुवित्तको ३.८७ प्रतिशतले सेयर मूल्य बढेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स