११ अंकले बढ्यो नेप्से, १ अर्बमाथिको कारोबार हुँदा नबिल बैंकसहित यी कम्पनीको भयो सर्वाधिक सेयर खरिदबिक्री

काठमाडौं । साताको अन्तिम दिन सेयर बजारमा हरियाली छाएको छ ।

बिहीबार, नेप्से परिसूचक ११.२२ अंकले बढेर १९६१.०६ अंक विन्दुमा आइपुगेको छ ।

आज ३८ लाख ६५ हजारको कित्ता सेयर १ अर्ब ३२ करोड २९ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, १०७ वटा कम्पनीको सेयर मूल्य बढ्दा ८४ वटा कम्पनीको घटेको छ ५ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ।

त्यसैगरि, नबिल बैंकको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज १४ करोड ४५ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।

त्यसैगरि, एनसीसी बैंक प्रमोटर सेयरको ८ करोड १३ लाख, हिमाल दोलखा हाइड्रोपावरको ७ करोड ७१ लाख, हिमालयन डेष्टिलरीको ७ करोड २ लाख र नेष्डो समृद्विको ४ करोड ४९ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स