अहिले सेयर बजारमा लगानी गर्दा २० प्रतिशत रिक्स छ भने ८० प्रतिशत अवसर छः छोटेलाल

काठमाडौं । इन्भेष्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियारले अहिले सेयर बजारमा लगानी गर्ने उत्तम समय भएको बताएका छन् । कम्पनीहरूले धमाधम लाभांश वितरण गर्ने समय भएकाले अहिले रेड जोनमा नेप्से परिसूचक भएपनि लगानी गर्न उत्तम भएको भएको उनले बताएका हुन् । १५ महिना बैंकको ब्याज तिरिसकिएको र लाभांश पाकेर तयार भएको अवस्था भएकोले रेड जोनमा किन्दा पनि लगानीकर्तालाई नोक्सान नहुने उनको सुझाव छ ।

‘लगानीकर्ताले रिर्टनलाई हेरेर लगानी गर्ने हो, अहिले छोटो समयमा नै राम्रो प्रतिफल पाउन सकिन्छ,’ उनले भने ‘अबको केहि समयमानै बजार बढ्न सुरुगर्छ ।’ सेयर बजारलाई बुझेर लगानी गर्न सके यसबाट मनग्य आम्दानी गर्न सकिन्छ । हामीले राम्रो कमाइराखेका छौं,’ उनले थपे ‘रातो हुँदा धैर्य गर्ने र हरियो हुँदा ट्रेडिङ गर्ने कुरामात्रै लागनीकर्तालाई बुझाउन सके लगानीकर्ताले सेयर बजारबाट राम्रो आम्दानी गर्न सक्छन् । ’

कोभिडपछि सेयर बजारमा नयाँ लगानीकर्ता प्रवेश गरेकाले उनीहरूलाई सेयर बजार सम्बन्धी त्यति राम्रो ज्ञान छैन अथाृत बुझ्न सकेका छैनन् । सोही कारणले रातो हुँदा आतिएर सेयर बिक्री गर्नेको जमात यहाँ धेरै छ । सेयर बजारसम्बन्धी आवश्यक ज्ञान दिन सकेको भए यस्तो अवस्था आउँदैन थियो । उनीहरूमा पनि बजार हरियो हुँदा आफ्नो लगानी सुरक्षित गर्ने र रातो हुँदा धैर्य गर्ने अभ्यास बस्थ्यो । यति कुरामात्रै बुझाउन सकियो भने यसबाट कहिले समस्या झैल्नु पर्दैन । बैंकहरूको ईपीएस पनि राम्रै छ । बोनस खाने बेला भएको छ । १५ महिना ब्याज थेगेर बसेका लागनीकर्ताले अहिले सेयरको प्रतिफल खाने समय भनेको यहि नै भएको उनले बताए ।

बजारप्रति आम लगानीकर्ताले विश्वास गर्न नसक्दा बजार केहि कमजोर भएको हो । अब ब्याजदर घट्ने पक्का भइसकेको छ । राष्ट्र बैंकले स्प्रेड दर ०.४ प्रतिशतले घटाएको छ भने बैंकहरूले राष्ट्र बैंकको सुझाव अनुसार बेसरेटमा ६ प्रतिशतसम्म मात्रै प्रिमियम जोड्ने सहमति गरेका छन् । तरलताको अभाव विस्तारै हल हुँदै गएको छ ।

बजारको वृद्धि विकासको लागि धेरै सकारात्मक काम भएका छन् । रेमिट्यान्स बढ्दो गतिमा छ । अघिल्लो समय बजार घटाउने एक पछि अर्को कुरा आयो र नियमनकारी निकायले पनि त्यस्ते भुमिका खेल्यो । अहिले त्यो अवस्था नभएको बजार राम्रो हुन्छ, अबको दिशा भनेको बजार बढ्ने नै हो ।

यी सबै विषय बजार बढाउने मुख्य औजार हुन् । यसैले ढुक्क भएर लगानी गर्न आम लागनीकर्तालाई आग्रह गर्छु,’ उनले भने ‘तपाईको लगानी डुब्दैन, उल्टै यसले चाँडै तपाईले सोचेभन्दा राम्रो प्रतिफल दिन्छ ।’

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स