कर्जाको ब्याजदरले बियरिस ट्रेण्डको सुरुवात गर्दा सेयर बजारले बुलिस ट्रेण्ड पक्रदै

0
488

काठमाडौं । मंसिर महिनाबाट विकास बैंकहरू निक्षेपको ब्याजदरमा ०.१५ प्रतिशत र फाइनान्स कम्पनीहरूले ०.१५ देखि ०.२० प्रतिशतसम्म निक्षेपको ब्याजदर घटाउन सुरु गरेका छन् भने आगामी पुस महिनादेखिबाट वाणिज्य बैंकहरूले पनि निक्षेपको ब्याजदर घटाउने तयारी गरिरहेका छन् । उद्योग वाणिज्य महासंघका पदाधिकारीहरूलाई ब्याजदरमा सहजीकरण गर्ने आश्वासन दिँदै नेपाल राष्ट्र बैंकले पहिलो मौद्रिक नीतिको त्रैमासिक समीक्षामा कर्जाको ब्याजदरलाई सजीकरण गर्ने नीति अबलम्बन गर्ने बुझिएको छ ।

निक्षेपको ब्याजदर घट्न सुरु गरेपछि बेसरेटमा स्थिरता आई कर्जाको ब्याजदर घट्न सुरु गर्नेछ । जसको सुरुवात इन्भेष्टमेन्ट बैंक साना तथा मझौला कर्जा व्यवसाय मार्फत ११.१८ प्रतिशत ब्याजदरमा कर्जा वितरण गरेर सुरुवात गरिसकेको छ । जसको प्रवाभ सेयर बजारमा प्रत्यक्ष रुपमा देखिन सुरुवात भइसकेको छ ।

बिहीबार ११.५६ अंकले बढेको नेप्से परिसूचक आज आइतबार ३२.४३ अंकले बढेर नेप्से परिसूचक १९६५.९८ विन्दुमा बन्द भएको छ भने कारोबार रकममा पनि बिहीबारको कारोबार रकममा शतप्रतिशतभन्दा अझ बढी वृद्धि भई २ अर्ब २ करोड ५४ लाख ८९ हजार ५२ रुपैयाँको कारोबार भएको छ । यो कारोबार धेरै कारोबार दिनहरूको तुलनामा अझ बढी नै हो । आजको कारोबारले सेयर बजारले १८ सयलाई बटम बनाएर बुलिस यात्राको चरणमा प्रवेश गरेको देखिन्छ ।

जसको उदाहरण आजको नेप्सेको वृद्धि र कारोबार रकमले पनि पुष्टि गरेको छ । बजार बढ्नुमा घट्दो ब्याजदरको सुरुवात र बेयरिस ट्रेण्ड पुरा गरी बुलिस ट्रेण्डमा प्रवेश गरेको संकेतका रुपमा आजको कारोबार र नेप्से परिसूचकलाई लिन सकिन्छ ।

विगतका सेयर बजारका बुलिस र बियरिस ट्रेण्डहरूलाई नियाल्दा जब जब ब्याजदर बढ्दै जान्छ सेयर बजारले उच्चतम बिन्दु पार गरी नेप्से निरन्तर घट्दो रुपमा बियरिस ट्रेण्ड तिर जान्छ । ब्याजदरको उच्चतम बिन्दुमा सेयर बजारले बटम लगाउँछ । जुन समयबाट ब्याजदर घट्न सुरुवात हुनछ त्यहि बिन्दुबाट सेयर बजारले बढ्न सुरु गरेर बुलिस ट्रेण्ड पक्रिन्छ ।

अहिलेको परिस्थिति पनि ब्याजदर घट्ने क्रममा देखिदा सेयर बजारले बुलिस ट्रेण्ड पक्रिएर बढ्न सुरवात गरेको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here