नेप्सेमा उछाल आउँदा यी कम्पनीले सर्वाधिक कमाए

काठमाडौं । साताको पहिलो दिन सेयर बजारमा हरियाली छाएको छ ।

आइतबार, नेप्से परिसूचक ३२.४३ अंकले बढेर १९६५.९८ अंक विन्दुमा आइपुगेको छ ।

आज ४२ लाख ४३ हजारको कित्ता सेयर २ अर्ब २ करोड ५४ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, १६९ वटा कम्पनीको सेयर मूल्य बढ्दा २० वटा कम्पनीको घटेको छ २ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ।

त्यसैगरि, डिप्रोक्स लघुवित्तको सेयर मूल्य बढेको छ। कम्पनीको सेयर मूल्य ८.२१ प्रतिशतले बढेको छ ।

त्यस्तै, जीवन विकास लघुवित्तको ७.४३%, कुमारी बैंकको ६.७७%, ग्रिन लाइफ हाईड्रोपावरको ६.५७%, नेष्डोको ६.५४%, सिईबिडि हाईड्रोपावरको ६.४९%, धैलागिरि लघुवित्तको ६.०९%, लक्ष्मी इक्विटी फण्डको ५.९७%, पञ्चकन्या माईको ५.९५% र श्वेत गंगाको ५.९१ प्रतिशतले सेयर मूल्य बढेको छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स