नेप्सेमा २ अर्बमाथिको कारोबार हुँदा यी कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । साताको पहिलो दिन सेयर बजारमा हरियाली छाएको छ ।

आइतबार, नेप्से परिसूचक ३२.४३ अंकले बढेर १९६५.९८ अंक विन्दुमा आइपुगेको छ ।

आज ४२ लाख ४३ हजारको कित्ता सेयर २ अर्ब २ करोड ५४ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, १६९ वटा कम्पनीको सेयर मूल्य बढ्दा २० वटा कम्पनीको घटेको छ २ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ।

त्यसैगरि, हिमालयन डेष्टिलरीको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ४५ करोड ४ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।

त्यसैगरि, नबिल बैंकको १२ करोड ३ लाख, नेपाल टेलिकमको ९ करोड ७९ लाख, शिवम् सिमेन्ट्सको ८ करोड १८ लाख र नेष्डो समृद्धिको ६ करोड ६ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स